Tuesday, September 26, 2023
spot_img
Homeराजनीतिमाओवादी केन्द्रका शर्मा, मोदी, किराती र श्रीपालीलाई मन्त्रिपरिषद्मा समावेश गरिने

माओवादी केन्द्रका शर्मा, मोदी, किराती र श्रीपालीलाई मन्त्रिपरिषद्मा समावेश गरिने

काठमाडौं, ३ माघ। नेकपा (माओवादी केन्द्र)बाट रेखा शर्मा, अमनलाल मोदी, सुदन किराती र सुशीला श्रीपालीलाई मंगलबार मन्त्रिपरिषद्मा लगिने भएको छ।

आज बिहान बसेको पार्टी पदाधिकारी बैठकले नाम टुंगो लगाएको हो।

पार्टीको निर्णयअनुसार शर्मालाई सूचना, सञ्चार तथा प्रविधिमन्त्री, मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा तोकिएको छ।

पार्टीले नेतृ सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्रीमा सरकारमा पठाउने निर्णय गरेको छ।

सोमबार राति सत्तारुढ गठबन्धनमा मन्त्री बाँडफाँटमा भएको सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउनेछ।

माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको