Tuesday, September 26, 2023
spot_img
Homeसमाचारप्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, २ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भक्तपुरको बालकोटस्थित निवासमा वार्ता भएको छ।

भेटका लागि प्रधानमन्त्री दाहाल बिहान १० बजेर २० मिनेटमा बजे ओली निवास पुगेका थिए। सो अवसरमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थिति र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहालले पुष २६ गते संसदबाट विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य गरिरहेका छन्। उनीहरुले आइतबार साँझ पनि बैठक गरेका थिए।

आजको भेटमा प्रधानमन्त्री दाहाल र नेता ओलीबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखको निर्वाचनलगायत विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ। आगामी बुधबार सभामुख पदको निर्वाचन नजिकिँदै गर्दा नेताहरुबीच भेटघाट हुन थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको