Wednesday, February 8, 2023
spot_img
Homeसमाचारआजको मौसम: हल्का हिमपातको सम्भावना

आजको मौसम: हल्का हिमपातको सम्भावना

काठमाडौं, २८ पुष। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यस प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

विभागको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ। त्यस्तै, न्यूनतम तापक्रम जिरीमा माइनस ०.९ डिग्री र उच्चतम बिराटनगरमा २२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको