Sunday, September 24, 2023
spot_img
Homeफिचर्डप्रधानमन्त्री दाहालद्वारा अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल

प्रधानमन्त्री दाहालद्वारा अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल

स्रोत: रासस

काठमाडौं, २० पुष। प्रधानमन्त्री पुष्पकमल दाहालले आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन्।

छलफलमा वर्तमान आर्थिक अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा केन्द्रित रहेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका समस्या र चुनौतिप्रति चासो व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। उनले ब्याजदर घटाउन र तरलताको समस्या समाधान गर्न मौद्रिक नीति परिमार्जन गर्न र अन्य आवश्यक पहल गर्न सुझाव दिए।

त्यसैगरी प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपाय खोज्न, अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह बन्द गर्ने र अर्थतन्त्रको अवस्थाबारे जनतालाई जानकारी र सचेत गराउन आग्रह गरेका छन्।

निजी क्षेत्रले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको भन्दै तत्काल सुधारको बाटो अपनाउन सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री र अर्थमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका व्यापार व्यवसायी संघसंस्थाले प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटमा ब्याजदर स्थिर र पुँजीगत खर्च वृद्धि गर्न आग्रह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको