Tuesday, May 30, 2023
spot_img
Homeराजनीतिप्रधानमन्त्री दाहालले कहिले लिदैछन् विश्वासको मत?

प्रधानमन्त्री दाहालले कहिले लिदैछन् विश्वासको मत?

काठमाडौं, १८ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।

दाहालले पुष २६ गते बस्ने प्रतिनिधिसभाको बैठकको अन्य एजेण्डामा मतदानको एजेण्डा समावेश गरी आवश्यक व्यवस्था मिलाउन संसद सचिवालयलाई पत्र लेखेका छन्।

संसदको नयाँ अधिवेशन पुष २५ गतेदेखि सुरु भएपछि विश्वासको मत लिने दाहालको योजना छ।

पुष ११ गते राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा दाहालले प्रधानमन्त्री पदको सपथ लिएका थिए।

विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने दाहालले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको