Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारसिनेमा ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने

सिनेमा ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने

काठमाडौं, १४ पुष। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने सिनेमा ‘जय हो’को छायांकन पर्यटकीय नगरी पोखरा र मुस्ताङमा गरिने भएको छ । सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले पोखरा र मुस्ताङको भ्रमण गर्दै छायांकन लोकेशन फाइनल गरेका हुन् ।

सिनेमाको मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत छायांकन गरिनेछ । संसारलाई नेपालको सुन्दरता देखाउनका लागि सिनेमाको छायांकन पोखरा र मुस्ताङमा गर्न लागेको प्रस्तुतकर्ता बस्नेतले बताए । ‘हाम्रो उद्देश्य सिनेमा निर्माण मात्र होइन, देशलाई संसारमा चिनाउनु पनि हो । पोखरा र मुस्ताङ सुन्दरताका खानी हुन् र यी स्थानको प्रवद्र्धन गर्नु हाम्रो जिम्मेवारी हो । कथाले पनि सुन्दर लोकेशन नै खोजेकाले हामीले पोखरा र मुस्ताङ रोजेका हौं, उनले भने ।

सुरेश न्यौपानेको कथा रहेको सिनेमामा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ । एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमामा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ । आगामी माघ अन्तिम सातादेखि सिनेमाको छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ ।

विवाहपछि छायांकनमा फर्किन लागेका सलोन ‘जय हो’लाई लिएर उत्साहित छन् । सिनेमा राम्रो बन्ने विश्वास उनको छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । सिनेमामा राम्जी राउत क्रियटिभ निर्देशकमा रहनेछन् ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको