Friday, March 29, 2024
spot_img
Homeकाठमाडौँअनुगमनका लागि राहदानी विभागमा गृहमन्त्री लामिछाने

अनुगमनका लागि राहदानी विभागमा गृहमन्त्री लामिछाने

काठमाडौं, १३ पुष। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग त्रिपुरेश्वर पुगेका छन्। गृहमन्त्री लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका छन्।

सर्वसाधारणले सेवा लिन लामो लाइनमा लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइनमा बस्नु पर्ने बाध्यता अन्त्य गर्ने निर्णय गरेको हो।

राहदानी विभागबाट राहदानी लिन ग्राहकलाई निकै समस्या भइरहेको छ। जिल्लाबाट महिनौं लाग्ने भएकाले सेवाग्राहीहरु छिटो सेवा लिन काठमाडौं आउने गरेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको