Sunday, September 24, 2023
spot_img
Homeकाठमाडौँप्रधानमन्त्री दाहाल र नेता ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र नेता ओलीबीच भेटवार्ता

स्रोत: रासस

काठमाडौं, १३ पुष। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ।

दाहालको निवास खुमलटारमा भएको भेटमा सरकारको सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो। नयाँ प्रधानमन्त्रीलाई भेट्न नेता ओली खुमलटार पुगेका थिए।

यसअघि प्रधानमन्त्रीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।

केही दिनअघि नेकपा (एमाले)लगायत सात राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवारको समर्थनमा दाहाल ४४औँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

उनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आफ्नो बहुमतको दाबी गर्न प्रतिनिधिसभाका १६९ सदस्यको समर्थन जुटाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको