काठमाडौं, १२ पुष। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कानुनी सल्लाहकारमा महान्यायाधिवक्ताको पदमा अधिवक्ता दिनमणि पोखरेललाई सिफारिस गरेका छन्।
पोखरेललाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ ग्रहण गर्ने कार्यक्रम छ।
कानूनमा पीएचडी गरेका पोखरेललाई माओवादी निकट मानिन्छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ताको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए।