Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeराजनीतिप्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनियताको लिए सपथ

प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनियताको लिए सपथ

काठमाडौं, ११ पुष। प्रदेश १ का प्रदेश सभाका नवनिर्वाचित सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गायनन्द मण्डल गंगाईले प्रदेशसभा सदस्यलाई शपथ गराए।

त्यसैगरी ६ जना सांसदले आफ्नो मातृभाषामा पद तथा गोपनियताको सपथ लिएका छन्।

निवर्तमान मन्त्रीहरु इन्द्रबहादुर आङ्बो (आर्थिक मामिला तथा योजना) र खिनुलाङवा लिम्बु (पर्यटन तथा संस्कृति) ले लिम्बु भाषा भनेर चिनिने मातृभाषा याक्थुङमा सपथ लिएका थिए।

त्यसैगरी पाँचथर १ (क) बाट एकीकृत समाजवादीका कमलप्रसाद जबेगु, ताप्लेजुङ १ (ख) बाट कांग्रेसका खगेनसिंह हङनाम र याक्थुङमा जनता समाजवादीकी निर्मला लिम्बुले सपथ लिएका छन्।

कांग्रेसकी सुनिता गच्छदार चौधरीले थारु भाषामा पद तथा गोपनियताको सपथ लिइन्।

९३ सदस्यीय संसदमा नेकपा एमाले ४०, नेपाली काँग्रेस २९, नेकपा (माओवादी केन्द्र) १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ६, नेकपा (संयुक्त समाजवादी) ४ र जनता समाजवादी पार्टी १ सदस्य छन्। तीमध्ये ३९ आदिवासी जनजाति, ३७ खस/आर्य, छ मधेसी, पाँच थारु र राजवंशी, चार दलित र दुई मुस्लिम समुदायका छन्।

संविधानको धारा १७९ मा प्रदेश सभाका सदस्यले पहिलो पटक प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रदेश कानून बमोजिम सपथ लिनुपर्ने व्यवस्था छ।

त्यसैगरी संविधानको धारा १८२ को उपधारा (५) ले प्रदेश सभाको सभामुख वा प्रदेश सभाको उपसभामुखको निर्वाचन नभएको अवस्थामा वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेश सभाको अध्यक्ष बैठक उमेरको आधारमा वरिष्ठ सदस्य हुने व्यवस्था गरेको छ।

संविधानको धारा १८३ बमोजिम प्रदेश प्रमुखले निर्वाचनको अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको