काठमाडौं, ११ पुष। नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिलाउन पहल गर्ने निर्णय गरेका छन्।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याको छानबिन गर्ने उनले पदभार सम्हालेपछि पहिलो निर्णय गरेका हुन्।
पदभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकताबारे भइरहेको अनुसन्धानमा आफूले सहयोग गर्ने बताए।