Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, August 25, 2026
spot_img
Homeकाठमाडौँराष्ट्रपतिद्वारा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपतिद्वारा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, १० पुष। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

देशको प्रमुख कार्यकारीमा दाहालको यो तेस्रो कार्यकाल हो। भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम उनलाई नियुक्त गर्नुभएको हो।

‘राष्ट्रपतिले आज (आइतबार) पुष्पकमल दाहाललाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताए। ‘नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीबाहेक संसदमा रहेका सबै दलको समर्थनमा दाहालले उक्त पदमा दाबी गरेका हुन्।

ढकालका अनुसार सोमबार अपराह्न ४ बजे दाहालको सपथ ग्रहण कार्यक्रम तय भएको छ।

दाहाललाई नेकपा एमालेबाट ७८, आफ्नै माओवादी केन्द्रबाट ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका २० बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीको छ जना र नागरिक उन्मुक्ति पार्टीबाट चार जना गरी १६९ सदस्यको समर्थन छ। उनलाई स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहको पनि समर्थन छ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार साँझ ५ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दललाई प्रधानमन्त्री पद दाबी गर्न आह्वान गरेकी थिइन्।

कांग्रेस सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच वर्षे कार्यकालको पहिलो आधामा सरकारको नेतृत्व गर्न अस्वीकार गरेपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको गठबन्धन तोड्दै दाहालले दोस्रो ठूलो दल एमालेसँग हात मिलाएका थिए।

केन्द्रमा नयाँ सरकार बनेसँगै सातै दलको नयाँ गठबन्धनले सातवटै प्रदेशमा पनि सरकार बनाउने देखिएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको