Sunday, December 10, 2023
spot_img
Homeकाठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

काठमाडौं, ८ पुष। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार १९ किलो सुनसहित एक सुडानी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २७ वर्षीय मोहम्मद अहमद डफल्ला सराफेल्डिन फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार त्रिभुवन भन्सार कार्यालयका कर्मचारीले चेकजाँचका क्रममा १९ किलो सुन बरामद गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको प्रमुख मार्ग हो। नेपालमा सुन तस्करीका लागि ठगी गर्नेहरूले धेरैजसो वैदेशिक रोजगारीबाट फर्केका मजदुरहरूलाई प्रयोग गर्दै आएका छन्।

सुडानी नागरिक अहिले भन्सार कार्यालयको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको