Tuesday, May 30, 2023
spot_img
Homeकाठमाडौँ'मधेसी भाषा'मा सपथ किन खुवाएको? मधेसी आयोगले सोध्यो स्पष्टीकरण !!!

‘मधेसी भाषा’मा सपथ किन खुवाएको? मधेसी आयोगले सोध्यो स्पष्टीकरण !!!

काठमाडौं, ८ पुष। मधेसी आयोगले सूचीबद्ध नगरिएको मधेसी भाषामा सपथ लिनुको कारणबारे संघीय संसद् सचिवालयसँग स्पष्टीकरण मागेको छ।

आयोगले जनमत पार्टीका डा. सिके राउतलगायत प्रतिनिधिसभाका केही सदस्यलाई कुन आधारमा मधेसी भाषामा सपथ लिन दिइएको हो भनी स्पष्ट गर्न सोधिएको थियो।

सिके राउतलगायत प्रतिनिधिसभाका केही सदस्यले पुष ७ गते औपचारिक कार्यक्रममा भाषा आयोग र मधेसी आयोगले सिफारिस नगरेको ‘मधेसी भाषा’मा सपथ लिएको भन्दै आयोगमा उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको हो।

आयोगमा उजुरीको पत्र आएपछि आयोगको गम्भीर ध्यानाकर्षण भएको र कुन आधारमा संसद सचिवालयले सो भाषामा सपथ स्वीकृत गरेको भन्दै आयोगकी उपसचिव सविता डंगोलले आयोगलाई स्पष्ट जानकारी गराउन संघीय संसद् सचिवालयलाई पत्र पठाएकी छन्।

आयोगका अध्यक्ष डा विजयकुमार दत्तले सपथ ग्रहणपछि दर्जनौं सङ्घसंस्थाले फोन सम्पर्क गरी मधेसी भाषा आधिकारिक रूपमा सिफारिस नभएकाले सो भाषामा सपथ लिँदा अन्य अवस्थित भाषाहरूमा नकारात्मक असर पर्ने भएकाले आवश्यक कारबाही गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको