काठमाडौं, ७ पुष। नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन्।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो। पार्टीको प्रमुख सचेतकमा हितराज पाण्डे निर्वाचित भएका छन्।
त्यस्तै राष्ट्रिय सभाको नेतामा नारायणकाजी श्रेष्ठ निर्वाचित भएका छन्।