Friday, March 29, 2024
spot_img
Homeकाठमाडौँबालुवाटारमा देउवा र भट्टराईबीच भेटवार्ता

बालुवाटारमा देउवा र भट्टराईबीच भेटवार्ता

काठमाडौं, ७ पुष। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। बिहीबार बिहान देउवालाई भेट्न पूर्वप्रधानमन्त्री डा. भट्टराई बालुवाटार पुगेका हुन्।

संसदीय दलको नेतामा निर्वाचित भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाई दिन नेपाल समाजवादी पार्टीका तर्फबाट भट्टराई बालुवाटार पुगेका थिए।

देउवा र भट्टराईको छलफल भइरहेको समयमा नै नेसपाका अर्का अध्यक्ष महेन्द्र राय यादव पनि बालुवाटार पुगेका थिए। प्रतिनिधि सभामा माओवादी केन्द्रको चुनाव चिन्हबाट लडेको नेपाल समाजवादी पार्टीले एक सिट जितेको छ।

उनीहरुबीच शक्ति समीकरण र भावी रणनीतिबारे छलफल भएको थियो। स्रोतका अनुसार भट्टराईले वर्तमान गठबन्धनलाई जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्रीका रूपमा स्वीकार गरी अगाडि बढ्नुपर्ने बताएका छन्। उनले अब गठबन्धनभित्रै छलफल गरेर सबै पद बाँडफाँड गर्नुपर्ने बताए।

भट्टराईले पनि आफू राष्ट्रपति पदको दावेदार रहेको भन्दै लबिङ गरिरहेका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको