Sunday, December 10, 2023
spot_img
Homeकाठमाडौँसंघीय संसदका सदस्यहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

संघीय संसदका सदस्यहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं, ७ पुष। संघीय संसदका नवनिर्वाचित सदस्यहरुले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा ज्येष्ठ सांसद पशुपति शमशेर राणाले सांसदहरुलाई सपथ ग्रहण गराएका हुन्। सांसदहरू विभिन्न जातजातिको परम्परागत पोशाक लगाएर संसद भवन पुगेका थिए।

संघीय संसद् सचिवालयका अनुसार २६ सदस्यले विभिन्न १४ मातृभाषामा सपथ लिएका छन्।

जेष्ठ सांसद राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्। सभामुख चयन नभएसम्म राणाले सदनको अध्यक्षता गर्नेछन्।

२७५ सदस्यीय प्रतिनिधिसभा १६५ प्रत्यक्ष निर्वाचित सदस्य र ११० समानुपातिक प्रतिनिधित्व सदस्यहरूको एक निकाय हो।

दोस्रो चरणको संघीय संसदको निर्वाचन मंसिर ४ गते भएको थियो।

सपथ ग्रहण गर्नुअघि महासचिव गौतमले निर्वाचित सबै सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको