Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डप्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव, लिङ्देनसंग भेटवार्ता: ओली

प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव, लिङ्देनसंग भेटवार्ता: ओली

काठमाडौं, ६ पुष। नयाँ शक्ति समीकरणको बहस भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबीच भेटवार्ता भएको छ। राप्रपाका अध्यक्ष लिङ्देनले मंगलबार राति बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका थिए।

दुई नेताबीच भएको भेटमा नयाँ शक्ति समीकरण, भावी रणनीति र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको नजिकको स्रोतले जनाएको छ। मंसिर ४ गते भएको निर्वाचनमा एमाले र राप्रपाबीच केही ठाउँमा तालमेल भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार आफ्नो पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल जारी राखेको छ। मंगलबार बिहान नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी प्रधानमन्त्री बन्ने औपचारिक प्रस्ताव गरेका हुन्।

केही दिनअघि माओवादीले नै एमालेसँग सत्ता सहकार्यको औपचारिक प्रस्ताव गरेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवालाई हराउने रणनीतिमा अघि बढेका प्रचण्डले महासचिव देव गुरुङलाई राजदूत बनाएर बालकोट पठाएका थिए। गुरुङले एमाले अध्यक्ष ओलीसँग शक्ति सहकार्यबारे राय मागेका थिए।

गुरुङले स्थिर सरकार निर्माणका लागि ‘वाम शक्ति’ अपरिहार्य रहेको भन्दै शक्ति सहकार्यको औपचारिक प्रस्ताव गरेका थिए। मंगलबार सोही प्रस्तावको जवाफसहित प्रधानमन्त्रीको प्रस्ताव लिएर नेम्वाङ खुमलटार पुगेका थिए।

‘एमाले-माओवादी’ सत्ता सहकार्य गर्दा नेम्वाङले दुई शर्तसमेत अगाडि सारेका थिए। उनले राष्ट्रपति एमालेले पाउनुपर्ने र माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई गठबन्धनमा समावेश नगर्ने शर्त प्रचण्डसँग राखेका थिए। दुई शर्त माने एमाले अन्य पदको बाँडफाडमा पनि लचकता देखाउने नेम्वाङले प्रस्ताव गरेको खुमलटार स्रोतले जानकारी दियो।

‘एमाले तपाईं(प्रचण्ड)लाई प्रधानमन्त्री मान्न तयार छ। तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ,’ दुई नेताबीचको सम्वादलाई उद्दृत स्रोतले भन्यो, ‘बाँकी पदहरू एमाले-माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड गरौंला। देशलाई स्थितरतातर्फ लैजान राजनीतिलाई नयाँ कोर्षबाट अगाडि बढाऔं। तर अहिले एसबिनाको गठबन्धन बनाऔं।’

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको