Saturday, April 20, 2024
spot_img
Homeराजनीतिप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता

काठमाडौं, ६ पुष। प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ। देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि बधाई दिन बालुवाटार पुगेका अर्थमन्त्री शर्माले सत्ता समीकरणका विषयमा पनि छलफल गरेका थिए।

अर्थमन्त्री शर्माले यो गठबन्धनलाई जोगाउँदै नयाँ सरकार गठन गर्नुपर्ने प्रधानमन्त्री देउवालाई सुझाव दिए। त्यसका लागि उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने आग्रह गरे।

पालैपालो लिने सम्बन्धमा तपाईं र हामीबीच राम्रो समझदारी छ। तपाईं पहिलो कार्यकालको लागि प्रधानमन्त्री हुनुभयो। अब नेतृत्व माओवादीलाई सुम्पिनुस्। त्यसपछि फेरि तपाइँको पालो त छँदैछ,’ अर्थमन्त्री शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेले औपचारिक रूपमा प्रधानमन्त्रीको प्रस्ताव गरेपछि प्रचण्डले शर्मालाई दूतका रूपमा बालुवाटार पठाएका थिए। प्रचण्डले देउवाको धारणा बुझ्न दूत पठाएको माओवादी नेताहरुको विश्वास छ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले मंगलबार खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। माओवादी अध्यक्ष प्रचण्डको पनि प्रधानमन्त्री बन्ने ठूलो आकांक्षा छ। उनले सार्वजनिक कार्यक्रममा समेत आफू देशको प्रधानमन्त्री बन्ने घोषणा गर्दै आएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको