Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डछैटौं पटक कांग्रेस संसदीय दलको नेता बनेका देउवाको राजनीतिक यात्रा

छैटौं पटक कांग्रेस संसदीय दलको नेता बनेका देउवाको राजनीतिक यात्रा

स्रोत: रासस

काठमाडौं, ६ पुष। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेतामा आज बिहान भएको निर्वाचनमा निर्वाचित भएका छन्।

देउवाले ६४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन्। निर्वाचनमा कुल ८९ मत खसेको थियो।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको प्रस्तावक गरेका थिए भने समर्थनमा पूर्णबहादुर खड्का थिए।

त्यसैगरी थापाको उम्मेदवारीमा शेखर कोइरालाको प्रस्ताव र पार्टी उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका थिए।

यस निर्वाचनमा दलका प्रतिनिधिसभा सदस्य मतदाता हुन्। नेपाली कांग्रेसले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रथम निर्वाचितबाट ५७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ गरी ८९ सिट जितेको थियो।

योसँगै देउवा छैटौं पटक कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन्। यसअघि उनी विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ सालमा उक्त पदमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका सभापति विगत ६ दशकदेखि निरन्तर राजनीतिमा सक्रिय छन्। पार्टीको १४औँ महाधिवेशनमा उनी दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा निर्वाचित भएका हुन्।

विसं २००३ साल ३१ जेठमा डडेल्धुरा जिल्लाको आशिग्राम–५ रुवाखोलामा जन्मेका देउवा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट प्रेरित थिए। यही प्रेरणाबाट उनी राजनीतिमा लागेका हुन्। उनी हाल बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बस्छन्।

तत्कालीन राजा महेन्द्रले विसं २०१७ को राजनैतिक विद्रोहपछि नेपालको लोकतन्त्र आन्दोलनमा उनी निरन्तर सक्रिय थिए। देउवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका थिए।

उनले प्राथमिक शिक्षा गृह जिल्लामा, माध्यमिक शिक्षा डोटीबाट र उच्च शिक्षा काठमाडौंबाट प्राप्त गरे। देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। उनी लन्डन स्कूल अफ इकोनोमिक्सका राजनीतिशास्त्र अनुसन्धानकर्ता हुन्।

उनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को पहिलो निर्वाचित संस्थापक अध्यक्ष हुन्।

देउवा विसं २०४८, २०५१, २०५६, २०७४ र २०७९ को संसदीय निर्वाचनमा डडेल्धुराबाट सांसद निर्वाचित भएका थिए। २०६४ र २०७० को आमनिर्वाचनमा उनले डडेल्धुरा बाहेक कञ्चनपुर र कैलाली जिल्लाबाट पनि विजयी भएका थिए।

प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले १० वर्ष जेल जीवन बिताएका थिए।

२०४८ सालमा गृहमन्त्री बनेका देउवा पाँच पटक प्रधानमन्त्री बनेका छन्। पहिलो पटक २६ भदौ २०५२ देखि २६ फागुन २०५३ सम्म, दोश्रो पटक ७ साउन २०५८ देखि १८ असोज २०५९ सम्म, तेश्रो पटक २१ जेठ २०६१ देखि १९ माघ २०६१ सम्म देउवा प्रधानमन्त्री बनेका थिए।

दोस्रो कार्यकालमा देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए भने शाहले तेस्रो कार्यकालमा देउवालाई दोस्रो पटक प्रधानमन्त्री पदबाट मुक्त गरेका थिए।

२०५९ सालमा पार्टी भित्रको द्वन्द्वपछि मातृ नेपाली कांग्रेसबाट अलग भएको पार्टी नेपाली कांग्रेस (लोकतान्त्रिक) को नेतृत्व उनले गरे।

२०६४ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) र कांग्रेसबीचको एकतापछि उनी पार्टीको वरिष्ठ नेता बनेका थिए। २०७२ फागुन २४ गते सम्पन्न पार्टीको १३औँ महाधिवेशनबाट उनी पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।

संसद् बैठकको निर्णयपछि २०७४ जेठ २३ गते पुनः चौथो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनको नेतृत्वमा रहेको सरकारमा नयाँ संविधानअनुसार पहिलो पटक स्थानीय, प्रदेश र संघ गरी तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो।

उनि २०७८ असार २९ मा पाँचौं पटक प्रधानमन्त्री निर्वाचित भए। उनको नेतृत्वमा रहेको सरकारले ३० वैशाख २०७९ मा स्थानीय निर्वाचन र मंसिर ४, २०७९ मा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको