काठमाडौं, ६ पुष। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी संसदीय दलको नेतामा निर्वाचित भएका छन्।
संसदीय दलको नेता चयनका लागि बुधबार भएको निर्वाचनमा देउवाले ६४ मत ल्याएर विजयी भएको दाबी गरेका छन्।
पार्टीको महामन्त्री संसदीय दलको पदमा दाबी गरेका गगन थापाले २५ मत ल्याएका थिए।
जितसँगै देउवा नयाँ सरकारमा प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन्।