Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeफिचर्डजेष्ठ सभासदको सपथ भोलि, अरुको बिहीबार

जेष्ठ सभासदको सपथ भोलि, अरुको बिहीबार

काठमाडौं, ५ पुष। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शमशेर जबरालाई भोलि बुधबार पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ।

संघीय संसद् सचिवालयले नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिका आधारमा राणालाई सभामुखको सबैभन्दा जेठो सदस्यको सपथ गराउनका लागि सोमबार राष्ट्रपति कार्यालयमा पठाएको थियो।

‘संघीय संसद् सचिवालयले हिजो संसदीय दलका जेष्ठ सदस्यको नाम सिफारिस गरेको र भोलि (बुधवार) दिउँसो १ बजे सपथ ग्रहण हुँदैछ’, राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले सोमबार जानकारी दिए।

उनले सपथ ग्रहण कार्यक्रम छोटो हुने र आमन्त्रण गर्ने विशिष्ट व्यक्तिको टुंगो लागिरहेको बताए।

सभामुख र उपसभामुख निर्वाचित नभएसम्म सभामुखको कार्यसम्पादन सबैभन्दा जेठो सदस्यले चलाउनु पर्नेछ।

यसैबीच, संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको आकस्मिक सूचना अनुसार अन्य प्रतिनिधिसभाका सदस्यहरुको सपथ ग्रहण बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ।

सपथ ग्रहणमा सहभागी हुने प्रतिनिधिसभा सदस्यहरुलाई निर्वाचनको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र र एक प्रति राहदानी साइजको फोटो सहित आउन आग्रह गरिएको छ। उनीहरूलाई राष्ट्रिय पोशाक वा आफ्नै सांस्कृतिक पहिरनमा हुन आग्रह गरिएको छ, र आफ्नै मातृभाषामा सपथ लिन इच्छुक व्यक्तिहरूलाई शपथ अनुवाद गर्न आग्रह गरिएको छ।

मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट प्रथम पदबाट १७५ र समानुपातिक प्रतिनिधित्व प्रणालीबाट १ सय १० गरी कुल २७५ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको