Thursday, March 28, 2024
spot_img
Homeकाठमाडौँएमाले सरकार गठनको फोहोरी खेलमा नलाग्ने: ओली

एमाले सरकार गठनको फोहोरी खेलमा नलाग्ने: ओली

काठमाडौं, ५ पुष। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंको प्रज्ञा फाउण्डेशनमा ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले सरकार गठनको फोहोरी खेलमा नलाग्ने बताए।

ओलीले एमालेले सरकार कसले बनाउने भन्दा पनि देशको भविष्य र जनताको भविष्यको चिन्ता गरेको बताए। उनले राजनीतिक क्षेत्रमा बढ्दो अस्थिरताका कारण स्थायित्वतर्फ लैजानुपर्ने बताए। एमाले सत्ता वा प्रतिपक्ष जहाँ भए पनि राष्ट्रवाद, लोकतन्त्र, सुशासन र सामाजिक स्थायित्वका लागि दृढताका साथ उभिने स्पष्ट पारे।

जनताको सार्वभौम अधिकारको हनन गरेर एमालेको हातबाट विजयी खोसिएको उनको दाबी छ । ‘हामीले बहुमत प्राप्त नगरेका होइनौँ तर हाम्रो विजय खोसिएको छ।’ नवनिर्वाचित सांसदलाई उनले भने, ‘अफवाहको दुष्चक्रबाट यहाँ आइपुग्नु भएकोमा सबैलाई बधाई।’

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको