Sunday, September 24, 2023
spot_img
Homeराजनीतिराप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत

राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत

काठमाडौं, ५ पुष। राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी सभापति राजेन्द्र लिङ्देनलाई संसदीय दलको नेतामा चयन गरेको छ।

मंगलबार काठमाडौंमा बसेको राप्रपा संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई पार्टीको नेतामा सर्वसम्मत चयन गरेको राप्रपाका नेता दीपकबहादुर सिंहले जानकारी दिए।

बैठकले मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आवश्यक निर्णय लिने अधिकार पनि पार्टी अध्यक्षलाई दिएको सिंहले बताए। 

मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको