Wednesday, March 22, 2023
spot_img
Homeकाठमाडौँकांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि हुदै

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि हुदै

काठमाडौं, ५ पुष। नेपाली कांग्रेस संसदीय दलको नेता पदका लागि आगामी पुष ६ गते निर्वाचन हुने भएको छ।

सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको निर्वाचन समितिले सोमबार निर्वाचनको मिति र अन्य कार्यतालिका सार्वजनिक गरेको हो। संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिमा भीष्मराज आङ्दम्बे संयोजक तथा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन्।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार पुस ४ गते दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने, पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र सोही दिन साँझ ५:४५ सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारीको आवेदन सहित रु ५१,००० शुल्क तिर्नुपर्नेछ। यही पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ।

मतदाताले मतदानका लागि आफ्नो निर्वाचन प्रमाणपत्रको प्रतिलिपि साथमा ल्याउनु पर्नेछ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ र मतगणनाको नतिजा घोषणा लगत्तै हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको