काठमाडौं, ३ पुष। नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जानकारी दिए।
नेता महतले कांग्रेस संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वसम्मत रूपमा चयन गर्ने पहल गरिने पनि बताए।