Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, April 21, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारफिल्म महापुरूष’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ

फिल्म महापुरूष’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ

काठमाडौं, ३ पुष। ‘महापुरुष’ मुलुकको पहिलो ‘कार्बन तटस्थ’ फिल्म बनेको छ। प्रदर्शनको ५१ औं दिन मनाउन शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले कार्वन उत्सर्जन कटौती गर्नेतर्फ फिल्मले महत्वपूर्ण वातावरणीय अध्याय थालेको बताए।

फिल्म निर्माणको सुरुदेखि अन्त्यसम्म वीन्ड-पावर नेपालले गरेको अध्ययनमा महापुरुषले ६.४१ टन कार्वन उत्सर्जन गरेको उल्लेख छ। ग्रीनहाउस ग्याँस (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो।

यो उत्सर्जन बेलायतमा फिल्म निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा संलग्न सम्राट पाठकले बताए। बेलायतमा एउटा फिल्म निर्माण गर्दा ६०० टन र हलिउडमा १८ सय टन कार्वन उत्सर्जन हुने तथ्य उनले प्रस्तुत गरे।

उनका अनुसार छायांकनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर ‘कार्बन फुटप्रिन्ट’को अध्ययन गरिएको थियो। जसमा फिल्म छायांकनको बेला प्रयोग भएको बिजुली बस ४ हजार किमी गुडेको र यसबाट ३ टन कार्वन उत्सर्जन हुनबाट जोगिएको उनले उल्लेख गरे।

६ टनभन्दा बढी कार्वन उत्सर्जन गरेको तथ्यांक बाहिर आएपछि फिल्म निर्माताले २६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा गरेका छन्। अभिनेता हरिवंश आचार्य एक्लैले गाउँमा डेढसय रुख रोप्ने र यसका लागि पानी ट्यांकीको निर्माण भैरहेको जनाए।

निर्माता म्याक्स दिपेश खत्रीले अन्य फिल्मले पनि कार्वन उत्सर्जन घटाउने ढंगले काम गर्नुपर्ने बताए। कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले अन्य फिल्म निर्मातालाई पनि प्रेरित गर्न आफूहरु कार्वन उत्सर्जनलाई कटौती गर्न प्रयास थालेको बताए। व्यक्तिगतरुपमा पनि आफूहरु कार्वन तटस्थ बन्ने प्रयासमा रहेको उनले सुनाए।

प्रदर्शनको ५१ औं दिनसम्म फिल्मले १० करोड ७० लाख रुपैयाँ ग्रस कमाएको छ। कार्यकारी निर्माता बानियाँले फिल्मले ५१ दिन मनाउन भनेर आफूलाई नलागेको बताए।

निर्देशक प्रदीप भट्टराईले ‘महापुरुष’ले समाजमा सकारात्मक प्रभाव पारेको चर्चा गरे । फिल्म हेरेपछि धरानमा एक बुवाले विवाह गरेको घटना उनले सुनाए । ‘महजोडीको विश्वविद्यालय’बाट आफूले धेरै कुरा सिकेको जानकारी उनले दिए ।

अभिनेता हरिवंश आचार्यले नेपालसहित अमेरिकामा पनि फिल्म अहिले पनि हाउसफूल चलिरहेको बताए । ‘कसैले पनि ग्यारेन्टी गरेर यो फिल्म चल्छ भनेर भन्न सक्दैन’ उनले भने । आफूलाई निर्देशक भट्टराईप्रति विश्वास रहेको उनले सुनाए ।

अभिनेता मदनकृष्ण श्रेष्ठले दर्शकप्रति आभार व्यक्त गरे । कार्यक्रममा कलाकार राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतले दर्शकलाई धन्यवाद दिए । इजरायली राजदूत हनान गोदर पनि उपस्थित थिए । सो अवसरमा फिल्मको ५१ दिनको खुशियालीमा केक काटेर सेलिव्रेसन गरिएको थियो ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको