Sunday, September 24, 2023
spot_img
Homeखेलकुदपहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं, २७ मंसिर। यस कतार विश्वकप २०२२ मा अर्जेन्टिना र मोरक्को पूर्व विजेता फ्रान्स र उपविजेता क्रोएसियासँगै सेमिफाइनलमा पुगेका छन्।

पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया साथै दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्नेछन्। आज राति १२:४५ मा अर्जेन्टिना र क्रोएसियाबीचको खेल हुदैछ।

क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउट हराएर सेमिफाइनलमा स्थान बनाएका थिए।

त्यस्तै दोस्रो सेमिफाइनल मोरक्को र फ्रान्सबीच बुधबार राति १२:४५ मा हुनेछ।

क्वाटरफाइनल खेलमा मोरक्कोले पोर्चुगललाई १-० ले पराजित गरेको हो। यस्तै साविक विजेतासमेत रहेको फ्रान्सले कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको