काठमाडौं, २६ मंसिर। सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक गतिविधिमा संलग्नलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सरकारले अध्यादेश जारी गरेको स्पष्ट पारेका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई राजनीतिको मूलधारमा ल्याउने उद्देश्यका साथ अध्यादेश जारी गरेको बताए।
उनले भने, ‘मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रहेर हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई राजनीतिको मुलधारमा ल्याउने उद्देश्यका साथ अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेका हौँ।’