Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Sunday, May 24, 2026
spot_img
Homeनिर्वाचननिर्वाचन आयोगद्वारा शनिबारसम्ममा समानुपातिक उम्मेदवार छनोट गर्न दलहरुलाई पत्र

निर्वाचन आयोगद्वारा शनिबारसम्ममा समानुपातिक उम्मेदवार छनोट गर्न दलहरुलाई पत्र

काठमाडौं, २३ मंसिर। निर्वाचन आयोगले आफूले जितेका सिटका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिफारिस गर्न सात राजनीतिक दललाई पत्र पठाएको छ।

आयोगले यसअघि बुझाएको बन्दसूचीमा परेकामध्येबाट राष्ट्रिय दलका रूपमा मान्यता पाउने सीमा नाघेका सम्बन्धित राजनीतिक दललाई बुधबार पत्राचार गरेको थियो।

‘राजनीतिक दलले समानुपातिक प्रणाली अन्तर्गत प्राप्त मतका आधारमा प्राप्त गर्ने सिट सङ्ख्या निर्धारण गरेपछि निर्वाचन आयोगले समावेशी प्रतिनिधित्वको आवश्यकता पूरा गरी नाम सिफारिस गर्न सम्बन्धित दललाई निर्देशन दिएको छ,’ आयोगका सहायक प्रवक्ता गुरु प्रसाद वाग्लेले भने।

गत मंसिर ४ मा भएको आमनिर्वाचनमा जनप्रतिनिधि र प्रदेश सभामा जनप्रतिनिधि र प्रदेश सभामा जितेका सिटबारे राजनीतिक दललाई जानकारी गराउन पत्र पठाइएको वाग्लेले बताए।

उनका अनुसार राजनीतिक दललाई बन्दसूचीबाट उम्मेदवार छनोट गरी आयोगमा बुझाउन तीन दिनको समय दिइएको थियो।

राजनीतिक दलले निर्वाचन आयोगको निर्देशन पालना गरी तोकिएको तरिका अनुसार आफुले पाएको सिट संख्या अनुसार शनिबारसम्म उम्मेदवारको नामावली बुझाउनुपर्नेछ।

आयोगले बुधबार समानुपातिक निर्वाचन प्रणालीमा दलले जित्ने सिट संख्या तोकेको थियो।

आयोगका अनुसार समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधिसभाको निर्वाचनमा कुल एक करोड ५ लाख ६० हजार ६७ मत परेका थिए। सात दलले मात्रै तीन प्रतिशतको थ्रेसहोल्ड नाघेर राष्ट्रिय पार्टी बन्न सफल भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार नेपाली कांग्रेस कुल २७५ सिटमध्ये ८९ सिट ल्याएर सबैभन्दा ठूलो दल बनेको छ। यसले ५७ प्रतिनिधिसभा र ३२ समानुपातिक सिट जितेको छ।

नेकपा एमालेले ७८ सिट, ४४ प्रतिनिधिसभा र ३४ समानुपातिक मत जितेर दोस्रो ठूलो दल बनेको छ।

नेकपा (माओवादी केन्द्र)ले १८ प्रतिनिधिसभा र १४ समानुपातिक सिट जितेको छ भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सात प्रतिनिधिसभा र १३ समानुपातिक सिट जितेर चौथो ठूलो दल बनेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र समानुपातिक अन्तर्गत सात–सात सिट जितेको छ भने जनता समाजवादी पार्टी (जसपा)ले सात प्रतिनिधिसभा र पाँच समानुपातिक सिट जितेका छन्। समानुपातिक भोटको सीमा पार गर्न नसकेको नेकपा (एकीकृत समाजवादी) ले १० वटा प्रतिनिधिसभा सिट जितेको छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले एउटा प्रतिनिधिसभा सिटसहित कुल ६ सिट जितेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन र राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट जितेका छन्। चार दलमध्ये कुनै पनि समानुपातिकको सीमा पार गर्न सकेनन्।

निर्वाचनमा पाँच स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको