Friday, March 29, 2024
spot_img
Homeकाठमाडौँआज उधौली पर्व मनाइँदै

आज उधौली पर्व मनाइँदै

काठमाडौं, २२ मंसिर। किराँत समुदायको दोस्रो ठूलो पर्व उधौली आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । उधौली पर्व प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइन्छ।

उधौली पर्वमा बाली काट्नुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको किराँती राई यायोख्खाका अध्यक्ष जीवन हातछो राई बताउँछन्। चाडपर्वमा किराँती समुदायले भेला भएर पर्वलाई व्यवस्थित रुपमा मनाउने र शुभकामना आदानप्रदान गर्ने गर्दछन्।

किराँतहरुको धार्मिक ग्रन्थ मुन्धुम अनुसार समयलाई उधौली र उभौली गरी दुई भागमा विभाजन गरिएको छ। किराँत समुदायले यी दुई काललाई खेतीपातीका आधारमा बाँडफाँड भएको विश्वास गर्छन्। उभौली पर्व वैशाख पूर्णिमाका दिन मनाइन्छ। उभौली पर्व बिरुवा रोप्ने समयमा मनाइने पर्व हो भने उधौली पर्व बाली काट्ने बेला मनाइन्छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको