काठमाडौं, १८ मंसिर। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार बिहान डिस्पोज गरेको छ।
भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बमको धम्की झुटो भएको बताए।
लोकन्थलीस्थित बाँस्कोटाको घरबाहिर बमजस्तै शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा त्रास फैलिएको थियो।
यसअघि सन् २०२० को मार्चमा पूर्वमन्त्रीको निर्माणाधीन घरमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विस्फोट भएको थियो।
बाँस्कोटा हालै भएको निर्वाचनबाट काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।