काठमाडौं, १६ मंसिर। आईसीसी विश्व लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नामिबियालाई १९८ रनको लक्ष्य दिएको छ।
युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनाएको हो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन बनाए। ९४ बल खेलेका मल्लले २ छक्का र ७ चौका प्रहार गरेका थिए।
अर्जुन साउदले ४२ बल खेल्दै १८ रन जोडेका थिए, आसिफ शेखले ४६ बलमा २० रन जोडेका थिए भने रोहित पौडेलले १५ बलमा १० रन जोड्दै आउट भएका थिए।
नामिबियाका लागि टांगेनी लुंगामेनीले ३ तथा कार्ल बिर्केनस्ट्रोकले २ विकेट लिए। यस्तै गेर्हार्ड इरास्मस, बर्नार्ड स्कर्ल्जट १-१ विकेट लिए।
१९८ रनको लक्ष्यका साथ ब्याटिङमा फर्किएको नामिबियाले ४ बल खेल्दै मात्र ४ रन जोडेको छ। नेपालका लागि पहिलो ओभरको जिम्मा सोमपाल कामिले पाएका । वर्षाका कारण रोकिएको खेल कति खेर सुचारु हुन्छ भन्ने जानकारी आएको छैन।