Tuesday, May 30, 2023
spot_img
Homeनिर्वाचनस्याङ्जा–२, बाजुरा र दोलखामा सत्तारुढ गठबन्धनका उम्मेदवारको अग्रता कायम

स्याङ्जा–२, बाजुरा र दोलखामा सत्तारुढ गठबन्धनका उम्मेदवारको अग्रता कायम

काठमाडौं, १६ मंसिर। तीन निर्वाचन क्षेत्रमा भएको मतगणनामा नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन्।

स्याङ्जा–२ र बाजुरामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् भने दोलखामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले अग्रता कायम राखेका छन्।

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ १५ हजार ८०५ मत ल्याएर अगाडि छन् भने नेकपा एमालेकी पद्माकुमारी अर्याल १३ हजार ५६७ मत ल्याएर दोस्रो स्थानमा छिन्।

बाजुरामा कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे ५ हजार ४१९ मत ल्याएर अगाडि छन्। पछिल्लो विवरण अनुसार एमालेका कर्णबहादुर थापा ४ हजार १२९ मत ल्याएर दोस्रो स्थानमा छन्। बाजुरा–१ मा अहिले मतगणना रोकिएको छ।

दोलखामा नेकपा (माओवादी केन्द्र)की गंगा कार्कीले ५ हजार ३५ मत ल्याएर अग्रता कायम राखेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले २ हजार ९२८ मत ल्याएका छन्।

यस्तै दोलखामा नेकपा (माओवादी केन्द्र)की गंगा कार्कीले ५ हजार ३५ मत ल्याएर अग्रता कायम राखेकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले २ हजार ९२८ मत ल्याएका छन्।

हालसम्म प्रथम श्रेणीको १६५ निर्वाचन क्षेत्र मध्ये १६२ को अन्तिम नतिजा सार्वजनिक भएको छ।

५५ सिटमा उम्मेदवार विजयी भएपछि कांग्रेस शीर्ष स्थानमा छ। एमालेले ४४ निर्वाचन क्षेत्र जितेर दोस्रो स्थानमा छ।

नेकपा (माओवादी केन्द्र) १७ सिट जितेर तेस्रो स्थानमा छ भने नेकपा (एकीकृत समाजवादी) १० निर्वाचन क्षेत्रमा विजयी हुँदै चौथो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको