Monday, December 11, 2023
spot_img
Homeखेलकुदसमूह चरणको अन्तिम खेलमा आज चार टोलि भिड्दै

समूह चरणको अन्तिम खेलमा आज चार टोलि भिड्दै

काठमाडौं, १६ मंसिर। फिफा विश्वकप २०२२ को समूह चरणका अन्तिम खेलहरु आज हुँदैछन्। समूह ‘जी’ मा ब्राजिल र क्यामरुन साथै सर्बिया र स्विट्जरल्याण्ड भिड्दैछन्।

समूहको शीर्ष स्थानमा रहेको ब्राजिल ६ अंकसहित अन्तिम १६ मा पुगिसकेको छ। दोस्रो स्थानमा रहेको स्विट्जरल्याण्डको ३ अंक छ भने तेस्रो स्थानमा रहेको क्यामरुन र चौथो स्थानको सर्बियाको समान १–१ अंक छ।

सर्विया भर्सेस स्विट्जरल्यान्ड र क्यामरुन भर्सेस ब्राजिल बीच आज राति १२:४५ मा म्याच हुदैछ।

अर्कोतर्फ समूह ‘एच’मा पोर्चुगल र दक्षिण कोरिया साथै घाना र उरुग्वे भिड्दैछन्। पहिलो दुई खेल जितेर पोर्चुगल ६ अंकसहित अन्तिम १६ मा पुगेको छ। दोस्रो स्थानको घानाको ३ अंक छ भने तेस्रो स्थानको दक्षिण कोरिया र चौथो स्थानको उरुग्वेको १–१ अंक छ।

साथै आज रति ८:४५ मा दक्षिण कोरिया भर्सेस पोर्चुगल र घाना भर्सेस उरुग्वे बीच म्याच हुदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको