काठमाडौं, १३ मंसिर। समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले) २६ लाख २७ हजार २ सय ३४ मत ल्याएर अगाडि रहेको निर्वाचन आयोगले आज (०२:३० बजे) जानकारी दिएको छ।
यस्तै नेपाली कांग्रेसले २४ लाख ८५ हजार ८ सय ५२ मत ल्याएर दोश्रो स्थानमा रहेको छ। नेकपा (माओवादी केन्द्र)ले ११ लाख २२ हजार ९ सय ७४ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८२ हजार ७ सय ८८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५६ हजार ३ सय ८६ मत, जनता समाजवादी पार्टीले ३ लाख ७२ हजार ६ सय ५४ मत, र जनमत पार्टीले ३ लाख २८ हजार २ सय ७४ मत ल्याएर क्रमश तेश्रो, चौथो, पाँचौ, छैठौ, र सातौ स्थानमा रहेका छन्।
समानुपातिक मतगणनामा सातमध्ये ६ प्रदेश (प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) मा एमालेले अग्रता लिएको छ भने बाँकी मधेस प्रदेशमा कांग्रेस अगाडि छ।
प्रदेश १ मा (एमाले) ५ लाख ९९ हजार १ सय ५९ मतका साथ अगाडि छ भने कांग्रेस ५ लाख ३ हजार १ सय ६३ मतका साथ दोश्रो स्थानमा छ। त्यस्तै राप्रपाले एक लाख ८२ हजार ९ सय ९ र माओवादी केन्द्रले एक लाख ६८ हजार ७ सय ३४ मत प्राप्त गरेको छ।
मधेस प्रदेशमा कांग्रेस ३ लाख ५७ हजार ९ सय ३३ मतका साथ अगाडि छ भने र एमाले ३ लाख २१ हजार २ सय १० मतसहित दोश्रो स्थानमा छ। जनमत पार्टीले २ लाख ६६ हजार ८ सय ३२, जसपाले २ लाख ६२ हजार ७ सय ४४ र माओवादी केन्द्रले १ लाख ६७ हजार ६७ मत प्राप्त गरेको छ।
वाग्मती प्रदेशमा एमाले ५ लाख २ हजार ९ सय २३ मतका साथ अगाडि छ भने कांग्रेस ४ लाख २७ हजार २ सय ३९ मत सहित दोश्रो स्थानमा छ। त्यसैगरी राप्रपाले २ लाख ५७ हजार ८ सय ५७ र माओवादी केन्द्रले २ लाख ३६ हजार ५ सय ५९ मत प्राप्त गरेको छ।
गण्डकी प्रदेशमा एमाले ३ लाख ४० हजार ५ सय ३३ मतका साथ अगाडि छ भने कांग्रेस ३ लाख १७ हजार ५ सय ९६ मतका दोश्रो स्थानमा छ। माओवादी केन्द्रले १ लाख १५ हजार ३ सय ६६ प्राप्त गरेको छ।
लुम्बिनी प्रदेशमा एमाले ५ लाख ७० हजार ९ सय २१ मतसहित अगाडि छ भने कांग्रेस ४ लाख ९९ हजार ९ सय ८६ मतसहित दोश्रो स्थानमा छ। त्यस्तै माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५० मत, राप्रपाले एक लाख २७ हजार ४ सय ५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५ सय २१ मत ल्याएको छ।
कर्णाली प्रदेशमा एमाले १ लाख ८३ हजार ९ सय ५० मतसहित अगाडि छ भने कांग्रेस १ लाख ७० हजार ७ सय ५६ मत सहित दोश्रो स्थानमा छ। माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय ३९ जम्मा गरेको छ।
सुदूरपश्चिम प्रदेशमा एमाले २ लाख ३३ हजार ५ सय २० मतसहित अगाडि छ भने कांग्रेस २ लाख २६ हजार १ सय ७० मत सहित दोश्रो स्थानमा छ। माओवादी केन्द्रले १ लाख १३ हजार ८ सय ६३ पाएको छ।