Tuesday, March 19, 2024
spot_img
Homeमनोरन्जनफिल्मी समाचार‘डेसान’ को ट्रेलरमा भोला, नम्रता, निशान र पुनमको लुकामारी

‘डेसान’ को ट्रेलरमा भोला, नम्रता, निशान र पुनमको लुकामारी

काठमाडौं, ११ मंसिर। सामाजीक बिषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनीक गरिएको छ । मंसिर २३ गते प्रदर्शन हुने फिल्मको करिब पौने २ मिनेट लामो ट्रेलरमा नारीसम्वेदना,पारिवारिक प्रेम,धोका तथा बिखण्ड र असमझदारीको कथा प्रस्तुत गरेको देखिन्छ ।

कमल एक्चै मगर निर्देशीत फिल्ममा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारु मगर लगायतको अभिनय छ । फिल्मका सबै प्रमुख कलाकार समेटिएको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । कोरोना महामारीको त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको फिल्मले दर्शकलाई नौलो स्वद पस्कने दावी निर्देशक मगरको छ । निकै असहज परिस्थितमा छायांकन गरिएको फिल्मप्रति यसका कलाकारहरु पनि आशावादी छन् । अभिनेत्री नम्रता र अभिनेता भोला सापकोटाले ‘डेसान’ हरेक परिवार तथा समाजको कथा भएकाले सबैले हेर्नुपर्ने दावी गर्ने गरेका छन् । यसै फिल्मबाट ठूलो पर्दामा प्रस्तुत भएका नवअभिनेता निशान र अभिनेत्री पुनम पनि दर्शकको माया पाउनेमा बिश्वस्त छन् ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको