काठमाडौं, १० मंसिर। रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
शनिबार दिउँसो सार्वजनिक भएको अन्तिम नतिजा अनुसार बोहराले गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई २ हजार ६ सय ८१ मतले पराजित गरेका हुन्।
बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गरे भने कांग्रेस नेतृत्वको गठबन्धनका साझा उम्मेदवार खाँडले ३४ हजार ३६ मत प्राप्त गरे।
विगत चार दशकदेखि पार्टीमा सक्रिय रहेका बोहरा २०३६ र २०४२ सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए।
उनी संविधानसभाका पूर्व सदस्य हुन् । बोहराले २०४४ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, २०४० मा पर्यटनमन्त्री, २०७३ मा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगारमन्त्री र २०६७ सालमा वन तथा भूमिसंरक्षण मन्त्री समेत भइसकेका छन्।