Sunday, December 10, 2023
spot_img
Homeनिर्वाचनसमानुपातिकमा एमालेको अग्रता कायमै, माओवादी केन्द्र तेस्रो स्थानमा

समानुपातिकमा एमालेको अग्रता कायमै, माओवादी केन्द्र तेस्रो स्थानमा

काठमाडौं, १० मंसिर। पछिल्लो अपडेट अनुसार संघीय निर्वाचनमा समानुपातिक प्रतिनिधित्व अन्तर्गतको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ।

शनिबार बेलुका ४:१५ सम्ममा एमालेले २० लाख ०६ हजार ५ सय ८७ मत ल्याएको छ। दोश्रो स्थानमा रहदै नेपाली कांग्रेसले १९ लाख ३९ हजार १ सय ०४ मत ल्याएको छ।

पछिल्लो अपडेट अनुसार नेकपा (माओवादी केन्द्र) ८ लाख ६२ हजार ६ सय ६९ मत ल्याएर तेस्रो स्थानमा उक्लिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ८ लाख ३३ हजार ५ सय ९५ मत ल्याएर चौथो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ४ लाख ४१ हजार ९ सय ६९ मतसहित पाँचौं स्थानमा छ।

यसैबीच, प्रतिनिधिसभा अन्तर्गत ५१ निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएपछि सिट संख्यामा काँग्रेसले कायमै अग्रता छ।

एमालेले ३८ निर्वाचन क्षेत्र जितेर दोस्रो स्थानमा छ। नेकपा (माओवादी केन्द्र) १६ सिट जितेर तेस्रो स्थानमा छ भने नेकपा (एकीकृत समाजवादी) १० निर्वाचन क्षेत्रमा विजयी हुँदै चौथो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको