Sunday, December 10, 2023
spot_img
Homeनिर्वाचनकांग्रेसद्वारा ५१ र एमालेद्वारा ३८ निर्वाचन क्षेत्रमा जित हासिल, अरु पार्टीको कति...

कांग्रेसद्वारा ५१ र एमालेद्वारा ३८ निर्वाचन क्षेत्रमा जित हासिल, अरु पार्टीको कति सिट?

काठमाडौं, १० मंसिर। शनिवार बेलुका सार्वजनिक भएका निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएसँगै नेपाली कांग्रेसले आफ्नो अग्रता कायमनै राखेको छ।

बेलुका ४ बजे सम्मको नतिजा हेर्दा कांग्रेसले ५१ सिट जितेको छ। एमालेले ३८ निर्वाचन क्षेत्रमा जित हात पार्दै दोस्रो स्थानमा छ।

नेकपा (माओवादी केन्द्र) १६ सिट जितेर तेस्रो, माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १० सिट जितेर चौथो, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजेन्द्र प्रसाद लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ७-७ क्षेत्रमा विजयी हुदै पाँचौ स्थानमा रहेका छन्।

स्वतन्त्र उम्मेदवार र जनता समाजवादी पार्टीले ५-५ सिट जितेर छैटौं स्थानमा छन्।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४ सिट जितेर सातौ र नागरिक उन्मुक्ति पार्टी तिन सिट जितेर आठौ स्थानमा छन्।

नेपाल मजदुर किसान पार्टी, जनता पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेर नवौ स्थानमा छन्।

पछिल्लो विवरण अनुसार ५ वटा क्षेत्रमा कांग्रेस, ४ मा एमाले, २ मा नेकपा (माओवादी केन्द्र), र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी साथै जनता समाजवादी पार्टीले अग्रता कायम राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको