Sunday, September 24, 2023
spot_img
Homeनिर्वाचनकांग्रेसद्वारा ४३ र एमालेद्वारा ३४ निर्वाचन क्षेत्रमा जित हासिल, अरु पार्टीको कति...

कांग्रेसद्वारा ४३ र एमालेद्वारा ३४ निर्वाचन क्षेत्रमा जित हासिल, अरु पार्टीको कति सिट?

काठमाडौं, ९ मंसिर। शुक्रबार साँझसम्म सार्वजनिक भएका निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएसँगै नेपाली कांग्रेसले अग्रता लिएको छ।

साँझ ४ बजे सम्मको नतिजा हेर्दा कांग्रेसले ४३ सिट जितेको छ। एमालेले ३४ निर्वाचन क्षेत्रमा जित हात पार्दै दोस्रो स्थानमा छ।

नेकपा (माओवादी केन्द्र) १२ सिट जितेर तेस्रो, माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १० सिट जितेर चौथो, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ क्षेत्रमा विजयी हुदै पाँचौ स्थानमा रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले पाँच सिट जितेर छैटौं स्थानमा छन्।

यस्तै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले तिन–तिन सिट जितेर सातौ स्थानमा छन्।

नेपाल मजदुर किसान पार्टी, जनता पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेर आठौ स्थानमा छन्।

पछिल्लो विवरण अनुसार १० वटा क्षेत्रमा कांग्रेस, १२ मा एमाले, ६ मा नेकपा (माओवादी केन्द्र), र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ।

यस्तै जनता समाजवादी पार्टी २ क्षेत्रमा, राष्ट्रिय प्रजातन्त्र पार्टी २ क्षेत्रमा, र लोकतान्त्रिक समाजवादी पार्टी १ क्षेत्रमा अग्रता कायम राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको