काठमाडौं, ९ मंसिर। विश्वकपको २२ औं संस्करण कतारमा नोभेम्बर २० बाट सुरु भएको छ र आज समूह चरणको चार खेल हुदैछ।
आज समूह चरण ‘बि’ को वेल्स र इरान बीच अहमद बिन अलि रङ्गशाला नेपाली समय अनुसार ३ बजेर ४५ मिनेटमा हुदैछ।
यस्तै सोहि समूह चरणको अर्को खेल आज रति १२ बजेर ४५ मिनेटमा इङ्ग्ल्यान्ड र अमेरिका (यूएसए) बीच अल बैत रङ्गशाला हुदैछ।
समूह चरण ‘ए’ को कतार र सेनेगल बीच अल थुमामा रङ्गशालामा नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा हुदैछ।
सोहि समूह चरणको अर्को खेल आज राति नेदरल्यान्ड्स र एक्वडोर खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला मा नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा हुदैछ।