काठमाडौं, ८ मंसिर। गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेसका चन्द्रकान्त भण्डारीले मतान्तर घटाएका छन्।
ताजा मतपरिणाम अनुसार नेकपा एमालेका प्रदीप ज्ञवालीले १९ हजार १ सय ८२ ल्याउँदा भण्डारीले १९ हजार ७ सय ५६ मत ल्याएका छन्।
उनीहरूबीच ५ सय ७४ मतान्तर छ।
गुल्मी-१ मा यी दुई उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।