Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Tuesday, May 26, 2026
spot_img
Homeमनोरन्जनफिल्मी समाचारमीलनले पायो प्रिमियरबाट सुखद प्रतिक्रिया

मीलनले पायो प्रिमियरबाट सुखद प्रतिक्रिया

काठमाडौं, ७ मंसिर आगामी शुक्रबार (मंसिर ९)बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को प्रिमियर शो सम्पन्न हिजो (मंगलबार) साँझ किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा गरिएको प्रिमियरबाट चलचित्रले सुखद प्रतिक्रिया पाएको छ । उपस्थित चलचित्रकर्मिले चलचित्रको कथावस्तु, कलाकारको काम र निर्माणपक्षको तारिफ गरेका थिए ।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको ‘मीलन’ हेरिसकेपछि वरिष्ठ कलाकार निर शाहले चलचित्रले दर्शकको ध्यान तान्ने बताए । उनले चलचित्रले दर्शकलाई भरपुर रुपमा हँसाउन पनि सक्ने र केहि दृश्यले भावुक पनि बनाउने बताए । साथै उनले चलचित्रको सफलताको शुभकामना ब्यक्त दिए । शाह अघि भन्छन्, ‘नेपालमा बनेका हरेक चलचित्रले सफलता हासिल गर्नुपर्छ । हामीले चलचित्रका प्रिमियर शोहरुलाई एक प्रकारको उत्सवको रुपमा लिने गछौं । त्यो खुसीको कुरा हो । नेपाली चलचित्र क्षेत्र ठुलो बन्दै गएको छ । यो कुरालाई सरकारले पनि ध्यानमा राख्नुपर्छ ।’

चलचित्र हेरिसकेपछि अन्य चलचित्रकर्मिहरुले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए ।
अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको चलचित्र भित्रको पवित्र मित्रता एक युवतीका कारण कसरी बिग्रन्छ भन्ने कथा चलचित्रमा हेर्न पाइन्छ । प्रिमियरमा नवअभिनेता कुशल र अभिनेत्री शिल्पा थापाको कामको तारिफ गरियो । साथै कलाकार सुमिन गुरुङले निभाएको तेस्रो लिंगीको भूमिकाको चर्चा भएको थियो ।

चलचित्रका निर्माता प्रविन थापाले चलचित्रकर्मिहरुबाट पाएको सकारात्मक प्रतिक्रियासँगै दर्शक हलसम्म आउनेमा विश्वास ब्यक्त गरे । उनले चलचित्र ‘मीलन’ले मल्टिप्लेक्स हलहरुमा उच्चतम शो पाउनेमा पनि विश्वास राखेका छन् । चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राई आफ्नो लामो समयदेखीको मिहिनतलाई अब दर्शक समक्ष छाड्न लागेको भन्दै चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क छन् । उनले प्रिमियरमा चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई थप उर्जा मिलेको बताए ।

चलचित्रमा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल लगायतको पनि अभिनय रहेको छ । तीनवटा गीत समावेश चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ ।

यस्तै चलचित्रमा रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा ब्याकग्राउण्डस्कोर सैलेश श्रेष्ठको रहेको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको छायांकन राहुल राईले गरेका हुन् भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको