Thursday, March 28, 2024
spot_img
Homeसमाचारगुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं,  मंसिर गुल्मीको सत्यवती गाउँपालिकामा गएराति जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। कुटडाँडामा भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।

आज बिहान २ः३० बजे गुल्मीको रिडीबाट सत्यवती जाँदै गरेको लु २ च ५३४० नम्बरको जीप ब्रेक फेल भएर सडकबाट खसेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा ५१ वर्षीय झलक सोमाई, ५५ वर्षीय टीका रहाडी, ४७ वर्षीय रणबहादुर सिंजापति, ३० वर्षीय मिलन तरमु र ४३ वर्षीया जमुना सोमाई रहेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो।

घाइते कर्बोलिन सोमाई, चेतमान सिंजाली, गिरबहादुर रहाडी र खण्डन सोमाईलाई उपचारका लागि पाल्पा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको