Monday, December 11, 2023
spot_img
Homeविजनेसअन्ततः नाफा बुक गर्दै लगानीकर्ता, बीमाको सुधारले निरन्तरता पाउन सकेन

अन्ततः नाफा बुक गर्दै लगानीकर्ता, बीमाको सुधारले निरन्तरता पाउन सकेन

काठमाडौं, १६ साउन। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज ०.०५ प्रतिशत बढेर २१९६.२५ बिन्दुमा बन्द भएको हो।

हिजो २१९५.१० बिन्दुमा २.५५ प्रतिशत बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज १.१५ अंकले बढेको हो।

१ करोड भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १७ स्टकको ६७ हजार २ सय ५ पटक कारोबार भएको छ भने कुल रकम ४ अर्ब ६७ करोड ०७ लाख ९८ हजार ७ सय ५६ रुपैयाँ ३९ पैसाको कारोबार भएको छ।

बुटवल पावर कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.९५ प्रतिशत बढेको हो भने राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रवर्द्धक शेयरको शेयरमूल्य सर्वाधिक ५.२९ प्रतिशत घटेको हो।

३.६७ प्रतिशतले बढेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ३८ करोड ३१ लाख ११ हजार ४२ रुपैयाँ बारबरको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको