Free Porn
xbporn

1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet وان ایکس بت 1xbet 1xbet سایت شرط بندی معتبر 1xbet وان ایکس بت فارسی وان ایکس بت بت فوروارد betforward سایت بت فوروارد سایت betforward 1xbet giriş
Wednesday, May 27, 2026
spot_img
Homeकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीद्वारा काठमाडौंको तीन निर्वाचन क्षेत्रमा जित हासिल

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा काठमाडौंको तीन निर्वाचन क्षेत्रमा जित हासिल

काठमाडौं, मंसिर भर्खरै सम्पन्न संघीय निर्वाचनमा काठमाडौंको तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।

काठमाडौं–२, काठमाडौं–७ र काठमाडौं–८ मा क्रमशः सोविता गौतम, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भए।

गौतमले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मणिराम फुयाँललाई ३ हजार ६ सय ७४ मतान्तरले पराजित गरेकी हुन्। गौतमले १५ हजार २ सय २९ मत प्राप्त गरे भने फुयाँलले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल (उपाध्याय)ले ११ हजार १४ मत प्राप्त गरी तेस्रो र नेकपा (माओवादी केन्द्र)की पूर्वसभामुख ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत प्राप्त गरेकी छन्।

त्यसैगरी काठमाडौं–७ मा पराजुली ८ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय र नेकपा (माओवादी केन्द्र)की उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याइन्।

त्यस्तै काठमाडौं–८ मा विराजभक्त श्रेष्ठले १० हजार १ सय ५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीकी सुमन सायमी थिए। सायमीले ५ हजार ८ सय ८९ मत प्राप्त गरे। नेकपा (एकीकृत समाजवादी) का वर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ४ हजार ८ सय ७७ मत ल्याएर तेस्रो भए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको