काठमाडौं, ६ मंसिर। देशभरका आठ जिल्लाका नौ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
यीमध्ये केही निर्वाचन क्षेत्रबाट मतपेटिका सङ्कलन भइरहेको छ भने केहीमा राजनीतिक सहमतिपछि मतगणना सुरु हुने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो।
दोलखा क्षेत्र नं १, स्याङ्जा क्षेत्र नं २ र गुल्मी निर्वाचन क्षेत्र नं १ को मतगणना आजबाट सुरु हुँदैछ।
मुगुबाट मतपेटिका सङ्कलन भइरहेको र डोल्पाका ११ मतदान केन्द्र र हुम्लाका ३४ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने तयारी भइरहेको उनले बताए।
यसैबीच सुर्खेतको सिम्ता मतदान केन्द्रमा आज पुनः मतदान भएको छ।