काठमाडौं, ६ मंसिर। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो इन्धन भर्ने क्रममा एउटा ट्याङ्करमा आगलागी हुँदा करिब एक घण्टा उडान प्रभावित भएको छ।
प्रत्यक्षदर्शीका अनुसार नेपाल आयल निगमको तेल ट्याङ्करमा विमानमा इन्धन भर्ने क्रममा आगलागी भएको थियो।
घटनापछि मानिसहरु भागेका थिए।
इन्धन चुहावटका कारण आगलागी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। तत्कालै नियन्त्रणमा ल्याइएको उनले बताए। घटनाको सत्यतथ्य पत्ता लगाउन हामीले अनुसन्धान थालिसकेका छौँ।