काठमाडौं, ६ मंसिर। आइतवार सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणनामा सुरु भइसकेको छ। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका सागर ढकाल अहिलेसम्म दोस्रो स्थानमा छन्।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ सालदेखि चुनाव जित्दै आएका छन्। पछिल्लो समय १९ हजार ५ सय ९६ मत गन्दा देउवाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले ढकाले ५ हजार १ सय ९३ मत पाएका छन् भने देउवाले ९ हजार ७ सय ७३ मतसहित अग्रता कायमै राखेका छन्।
गुल्मीका ३१ वर्षीय ढकाल केही महिनाअघि डडेल्धुरा गएर प्रधानमन्त्री देउवालाई हराउन चुनावी अभियान सुरु गरेका थिए।
यहाँ कांग्रेस (बिपी) कर्ण मल्लले २ हजार ६ सय ९४ मत पाएका छन्।
मत गणना जारि छ।